दफा
यस ऐन बमोजिम हेरिने मुद्दाहरू

(१)          यो ऐन प्रारम्भ भएपछि दायर हुने देहायका कुनै मुद्दाको शुरू तथा पुनरावेदन कारवाई गर्दा यस ऐन बमोजिमको कार्यविधि अपनाउनु पर्ने छः–

(क)        अनुसूची १ मा उल्लिखित मुद्दा, वा

(ख)        अनुसूची २ मा उल्लेख भएको बाहेक एक हजार रूपैयाँसम्म मोल वा बिगो समावेश भएको देवानी मुद्दा वा एक हजार रूपैयाँसम्म जरिवाना वा ६ महीनासम्म कैद वा सो दुवै सजाय हुन सक्ने फौज्दारी मुद्दा ।

(२)          उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै ऐनद्वारा कुनै मुद्दाको सम्बन्धमा कुनै विशेष कार्यविधिको व्यवस्था गरिएको रहेछ भने सो कार्यविधिलाई यस ऐनको कुनै कुराले असर पारेको मानिने छैन ।

(३)          कुनै मुद्दामा प्रतिवादीको बयान वा प्रतिउत्तरपत्रबाट जालसाजी, कीर्ते वा करकाप सम्बन्धी प्रश्न उठेमा मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १७२ वा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १०४ बमोजिमको कार्यविधि पूरा गरी सोही मुद्दाबाट सो प्रश्नको पनि निर्णय गर्नु पर्छ ।